Harsamaya
लुम्बिनीका  छ जिल्लामा आइतबार सार्वजनिक बिदा

लुम्बिनी - लुम्बिनी प्रदेश सरकारले आइतबार  लुम्बिनीका  ६ जिल्लामा सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।  प्रदेश सरकारले थारु  समुदायले मनाउने बर्का अट्वारी पर्वका अवसरमा  आइतबार सार्वजनिक बिदा दिने घोषणा गरेको हो । थारु समुदायको अधिक बसोबास  भएका दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रुपन्देही र पश्चिम नवलपरासीमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले  सूचना निकालेर सार्वजनिक बिदा दिने  जनाएको छ । यो पर्वमा थारु समुदायका पुरुषहरू निराहार व्रत बस्ने र सूर्यको पूजा गर्ने प्रचलन छ

प्रकाशित मिति: शुक्रबार, भदौ ६, २०८२  १०:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update