Harsamaya
शिक्षा विधेयक संसदीय समितिबाट पारित
शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठक ।

काठमाडौं - ‘विद्यालय शिक्षा विधेयक २०८०’ संसदीय समितिबाट पारित भएको छ ।

बिहीबार प्रतिनिधिसभा अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठकले उक्त विधेयक पारित गरेको हो । 

पारित भएको विधेयक अब बस्ने संसद् बैठकमा पेश हुनेछ ।

विद्यालय शिक्षा विधेयकमा राखिएका केही प्रावधानहरूमा सरोकारवालाहरूले विमति जनाएपछि पारित हुन सकेको थिएन भने शिक्षा विधेयकका केही प्रावधानलाई लिएर निजी विद्यालय सञ्चालकहरूले आजबाट आन्दोलन समेत सुरु भएको छ । 
 

प्रकाशित मिति: बिहीबार, भदौ ५, २०८२  २१:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update