Harsamaya
दिपल एस०७ आईसीएमा 'एमएडब्लु - ग्यारेन्टिड बाईब्याक' योजना

काठमाडौं - नाडा अटो सो २०२५ को अवसरमा एमएडब्लु वृद्धिले नेपालकै 'नेक्स्ट लेभल कनेक्टिभिटी' सहितको 'बेस्ट लुकिंग' इभी दिपल एस०७ आईसीएका लागि 'एमएडब्लु - ग्यारेन्टिड बाईव्याक' योजना घोषणा गरेको छ। नेपालको नं १ लक्जरी इभीको स्थानलाई मजबुत बनाउँदै एमएडब्लु वृद्धिले दिपल एस०७ मा यो ऐतिहासिक ग्राहक योजना ल्याएको हो ।

यस योजना अन्तर्गत दिपल एस०७ खरिद गर्ने ग्राहकले आफ्नो इभी बेच्न चाहेमा किनेको दोस्रो वर्षदेखि पाँचौँ वर्षसम्ममा एमएडब्लुबाट 'ग्यारेन्टिड बाइब्याक भ्यालु' पाउनेछन् ।  

एमएडब्लुले यसबाट दिपल एस०७ खरिद गर्ने ग्राहकको 'कन्फिडेन्स' बढ्नुका साथै 'ब्याटी लाइफ' र 'रिसेल भ्यालु' को चिन्ताबाट मुक्त गर्ने अपेक्षा गरेको छ । दोस्रोदेखि पाँच वर्षसम्ममा दिपल एस०७ छोडेर एमएडब्लु वृद्धिको ‘पोर्टफोलियो’ मा भएका कार खरिद गर्न चाहेमा 'ग्यारेन्टिड रिसेल भ्यालु' दिइनेछ ।

यो योजनासँगै ग्राहकहरूले 'जिरो ओनरसिप कस्ट फर फाइभ इयर' यानि दिपल एस०७ चढ्दा पाँच वर्षसम्म कुनै खर्च नलाग्ने योजनाको उपभोग गर्न पाउनुहुनेछ । यो योजना अन्तर्गत ग्राहकले पाँच वर्षसम्म निःशुल्क ‘अटोप्लस इन्स्योरेन्स', निःशुल्क 'पेरियोडिक मेन्टेनेन्स', निःशुल्क चार्जिंगमा लाग्ने शुल्क र निःशुल्क ‘रोडट्याक्स' लगायतका सुविधा पाउनेछ ।

‘हाम्रो उद्देश्य ग्राहकलाई पूर्ण शान्ति दिनु, इभी किन्ने आत्म विश्वास बढाउनु र एस०७ आईसीएप्रति विश्वास बढाउनु हो । लक्जरी, स्टाइल र इनोभेसनले भरिएको इभीको स्वामित्वलाई सहज बनाउनु हो,' एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले बताए । ‘बाई ब्याक ग्यारेन्टी' र 'जिरो ओनरसिप कस्ट फर फाइभ इयर' जस्ता दुई योजनाले लक्जरी इभी सेग्मेन्टमा दिपल एस०७ आईसीको नेतृत्वलाई अझ बलियो बनाउनेछ ।

प्रकाशित मिति: बिहीबार, भदौ ५, २०८२  १३:४२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update