Harsamaya
साफ यु–१७ महिला च्याम्पियनसिप आजबाट सुरु,  नेपाल र भारत भिड्दै

काठमाडौं -  भुटानको थिम्पुमा आजदेखि १७ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल सुरु हुुँदै छ । आज देखि सुरु हुने उद्घाटन खेलमा  नेपाल र भारत भिड्दै छन् ।

नेपाल–भारत बिचको खेल नेपाली समयअनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ भने नेपाल सुखद सुरुवात गर्ने लक्ष्यका साथ मैदानमा उत्रन तयार छ । आजै हुने दोस्रो खेलमा आयोजक भुटानले बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।

भदौ १५ गतेसम्म चल्ने प्रतियोगितामा आयोजक भुटानसहित, नेपाल, भारत र बङ्गलादेश सहभागी छन् । सबै टोलीले एक अर्कासँग दुई–दुई खेल खेल्नेछन् । यस खेलको शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ ।

नेपालले भदौ १३ गते भारतसँग, १५ गते भुटानसँग तथा भदौ ८ र ११ गते बङ्गलादेशसँग खेल्ने छ । नेपालले सन् २०२२ मा यो प्रतियोगिता जितेको थियो ।

प्रकाशित मिति: बुधबार, भदौ ४, २०८२  १०:१७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update