सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं - नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको हो ।
आइतबार प्रतितोला १ लाख ९५ हजार ५ सय रुपैयाँमा कारोबार भैएको सुन आज १ लाख ९६ हजार ३ सय रुपैयाँले कारोबार भैरहेको छ ।
यस्तै चाँदीको मूल्य पनि आज बढेको छ । आइतबार २३ सय १० रुपैयाँमा कारोवार भएको चाँदी आज ५ रुपैयाँले बढेर २३ सय १५ रुपैयाँमा कारोबार भैइरहेको छ ।
प्रकाशित मिति: सोमबार, भदौ २, २०८२ ११:५०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय