पेस्तोल तथा गोली सहित दुई जना पक्राउ

बाँके - नेपालगंज उपमहानगरपालिका-४ बसपार्कबाट कटुवा पेस्तोल १ थान र गोली २ राउण्ड सहित सोही नगरपालिका-९ बस्ने १७ वर्षीय किशोर समेत २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।
अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले पुष्पलाल चोकबाट बसपार्कतर्फ आउँदै गरेको ने.१ ह ४५०२ नम्बरको ईरिक्सामा सवार उनीहरूलाई उक्त पेस्तोल र गोली सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: आइतबार, भदौ १, २०८२ १५:३९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय