स्रोत नखुलेको नगद सहित जिवन र आएन पक्राउ
                            
                            
                                                        
                                                    
                                                            सप्तरी - सप्तकोशी नगरपालिका-४ तुलसी चोकबाट स्रोत नखुलेको नगद २० लाख ७८ हजार रूपैयाँ सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा धनकुटा सहिदभूमी गाउँपालिका-३ बस्ने २१ वर्षीय जिवन लम्जेल र सोही गाउँपालिका-१ बस्ने २८ वर्षीय आएन राई रहेका छन् ।
प्रहरी चौकी फत्तेपुरबाट खटिएको प्रहरीले कञ्चनपुरबाट फत्तेपुरतर्फ जाँदै गरेको को.३३ प १८९४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०८२  १५:१९
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रिय
        
    
