सुनचाँदीको मूल्य घट्यो

काठमाडौं - नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको हो ।
महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९६ हजार २ सय रुपैयाँमा कारोबार भैइरहेको छ । बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९६ हजार ८ सय रुपैयाँ कायम भएको थियो ।
यस्तै चाँदीको मूल्य पनि आज घटेको छ । बिहीबार तोलामा २२ सय ४० रुपैयाँमा कारोवार भएको चाँदी आज २५ रुपैयाँले घटेर २३ सय १५ रुपैयाँमा कारोबार भैइरहेको छ ।
प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०८२ ११:२७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय