आज सुनको मूल्य सामान्य घट्यो
                            
                            
                                                        
                                                    
                                                            काठमाडौं - नेपाली बजारमा सोमबार सुनको भाउमा सामान्य ओरालो लागेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १०० रुपैयाँले घटेर १ लाख ५७ हजार रुपैयाँ कायम भएको छ । यसअघि आइतबार छापावाल सुनको मूल्य १ लाख ५७ हजार १०० रुपैयाँ रहेको थियो ।
यता, आज चाँदीको भाउ भने स्थिर रहेको छ । सोमबार चाँदीको भाउ प्रतितोला १८ सय ६० रुपैयाँ कायम रहेको छ । आइतबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो ।
प्रकाशित मिति: सोमबार, माघ ७, २०८१  ११:३९
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रिय
        
    
