नाउपको अध्यक्षमा चौधरीलाई आयोगले दिएन मान्यता, श्रेष्ठ नै अध्यक्ष कायम रहने

कैलाली - नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रन्जिता श्रेष्ठ नै कायम रहने भएकी छन् । निर्वाचन आयोगले लालवीर चौधरीलाई अध्यक्षका रूपमा मान्यता नदीएपछि श्रेष्ठ नै पार्टी अध्यक्ष कायम भएकी हुन् ।
श्रेष्ठलाई हटाउँदै नाउपामा एक समूहले राष्ट्रिय भेला मार्फत लालवीर चौधरीलाई अध्यक्ष तोकेको थियो । अध्यक्षमा दाबी गर्दै लालवीर चौधरीले अद्यावधिकका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए ।
राजनैतिक दलसम्बन्धी ऐन र नाउपाको विधान अनुसार राष्ट्रिय भेला वैधानिक नभएको र रन्जितानै अध्यक्ष भएको निर्णय आयोगको छ ।
निर्णय गर्नुभन्दा पहिले लालवीर र रन्जितालाई आयोगले पत्र काटेको थियो । दुवैले आफू अध्यक्ष भएको दाबी गर्दै आयोगलाई जवाफ दिएका थिए ।
प्रकाशित मिति: बुधबार, साउन २८, २०८२ १०:०५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय