Harsamaya
देशभर मनसुनको प्रभाव, सात प्रदेशमानै वर्षा
सांकेतिक तस्वीर: हर समय/Har samaya

काठमाडौं - मनसुनको न्यून चापीय रेखा नेपालको तराई आसपास अवस्थित रहेकोले आगामी दुई दिन मनसुनको प्रभाव बढ्ने देखिन्छ ।

देशभर साधरणतया बदली रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेशको थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको एक-दुई स्थानमा मध्यम वर्षा भइरहेको छ। कोशी प्रदेशको एक -दुई स्थानमा भारी वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर पूर्णतया बदली रहनेछ। महाशाखाका अनुसार देशका अधिकांश स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। मधेश प्रदेश लगायत कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरूमा भारी वर्षा र एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।  कर्णाली प्रदेशको एक-दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ ।

आज राती भने गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा पूर्णतया बदली रही बाँकी भू-भागमा साधरणतया बदली रहनेछ । गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भाग, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भू-भागका धेरै स्थानहरूमा र बाँकी प्रदेशको पहाडी र तराई भू-भागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू-भागको थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको तथा लुम्बिनी प्रदेशको तराईको भू-भागको थोरै स्थानहरू, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

 

प्रकाशित मिति: बुधबार, साउन २८, २०८२  ०६:५५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update