
मकवानपुर - बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले संसद्बाट विश्वासको मत पाएका छन् । मंगलबार बसेको प्रदेशसभा बैठकमा विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गरेका मुख्यमन्त्री बानियँको पक्षमा ६३ मत प्राप्त भएको हो ।
कुल ९२ जना प्रदेशसभा सदस्यको उपस्थितिमा ६३ जनाले पक्षमा मतदान गरेका छन् भने २२ जनाले विपक्षमा मत दिएका छन्। त्यस्तै, ७ जना सदस्य तटस्थ रहे।
सत्ता पक्षका एक सांसद अनुपस्थित भएका कारण मत पाउन सकेनन् । कांग्रेसका प्रदेशसभा सदस्य रामकृष्ण चित्रकार देश बाहिर रहेकाले उनी संसद बैठकमा अनुपस्थित भएनन् ।
कुल ११० सदस्यीय संसद्मा सरकार टिकाउन ५६ सांसदको समर्थन आवश्यक पर्छ । उनलाई कांग्रेसका ३६ र एमालेका २७ सांसदले मत दिएका छन् ।
गत साउन २० मा एमाले र कांग्रेसको गठबन्धनबाट प्रदेशको मुख्यमन्त्री नियुक्त भएका उनले नेपालको संविधानको धारा १६८ को उपधारा ४ बमोजिम तथा प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम ४ बमोजिम विश्वासको मत लिएका थिए ।
उनी आफ्नै पार्टीका नेता बहादुर सिंह लामालाई अविश्वासको प्रस्तावले हटाउँदै मुख्यमन्त्री बनेका थिए ।