स्रोत नखुलेको नगदसहित सिन्धुपाल्चोकका कोराजनसहित ऋषिकेश पक्राउ
                            
                            
                                                        
                                                    
                                                            भक्तपुर - चाँगुनारायण नगरपालिका-२ दुवाकोटबाट स्रोत नखुलेको नगद ५ लाख सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काभ्रे बनेपा बस्ने सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका-१ घर भएका २१ वर्षीय कोराजन धमला र भारत घर भएका २० वर्षीय ऋषिकेश गोडेसे रहेका छन् ।
प्रहरी प्रभाग दुवाकोटबाट खटिएको प्रहरीले काभ्रे बनेपाबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश ३-०२-००३ प १६८३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: मंगलबार, साउन २७, २०८२  १७:५९
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रिय
        
    
