-1754642437.jpg)
काठमाडौं - नेकपा माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले एक वर्षको अवधिमा वर्तमान सरकारले आफ्नो औचित्य गुमाउँदै गएको बताएका छन् ।
मंगलबार प्रतिनिधिसभाको बिशेष समयमा बोल्दै बस्नेतले एक बर्षको अवधिको अवधिमा ठूला दल मिलेर गठन भएको वर्तमान सरकारले आफ्नो औचित्य गुमाउँदै गएको बताएका हुन् ।
उनले भारतको उत्तराखण्डमा आएको बाढीमा बेपत्ता नेपालीहरुको खोजि कार्यका लागि सरकारले कुनै पहल गर्न नसकेको जिकिर गरे ।
उनले कुटनीतिक तवरबाट उक्त घटनामा बेपत्ता भएका नेपाली नागरिकको खोजीका लागि भइरहेको पहलका बारेमा सदनमा जानकारी दिन सरकारसंग माग गरे । बस्नेतले मधेश प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेर मात्रै नपुग्ने भन्दै सो क्षेत्रका जनतालाई सरकारी तवरबाट भएको राहत लगायतका कामका बारेमा समेत जानकारी गराउन माग गरे ।
उनले कैलाली कारागारमा भएको घटना सुरक्षा कमजोरीमात्रै नभइ सरकारको गैरजिम्मेवारपन व्यवहारको परिणाम भएको आरोप लगाए ।