Harsamaya
सुनको मूल्य घट्यो
सांकेतकि तस्वीर: हर समय/Har Samaya

काठमाडौं - सुनको मूल्य तोलामा १३०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलामा १ लाख ९६ हजार ८०० रुपैयाँ कारोबार भएको छ । सोमबार सुन तोलामा १ लाख ९८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै मंगलबार चाँदीको मूल्य पनि घटेको छ । सोमबार तोलामा २ हजार ३१५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार घटेर तोलामा २ हजार ३०५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन २७, २०८२  ११:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update