रवि लामिछानेको फोटो कटमा राखी बाँधेर रास्वपाले रक्षाबन्धन मनाउने

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेको फोटो कटमा राखी बाँधेर रक्षाबन्धन मनाउने भएको छ ।
सहकारी ठगीसम्बन्धी मुद्दामा थुनामा रहेका लामिछानेको फोटो कटमा राखी बाँधेर रक्षाबन्धन मनाउने पार्टीले जानकारी दिएको हो
आज दिउँसो १ बजेदेखि ४ बजेसम्म भैरहवा जिल्ला कारागार गेटअगाडिको मन्दिर प्रांगण र काठमाडौंको चःमति वनस्थलीस्थित घण्टीघरमा कार्यक्रम हुने छ। कार्यक्रममा लामिछानेको फोटो कटआउटमा राखी बाँधेर रक्षाबन्धन मनाइने छ ।
प्रकाशित मिति: शनिबार, साउन २४, २०८२ ०७:४४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय