Harsamaya
सुनको मूल्य तोलाको दुई लाख रुपैंयाँ नजिक 
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेर झन्डै २ लाख नजिक पुगेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा १ लाख ९८ हजार ४०० रुपैयाँ कायम भएकोमा आज वृद्धि भएर १ लाख ९९ हजार ४ सय कायम भएको हो ।

यस्तै चाँदीको मूल्य पनि १० रुपैयाँले बढेको छ । बिहीबार तोलाको २ हजार ३१५ रुपैयाँ कायम भएकोमा आज २ हजार ३२५ मा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन २३, २०८२  ११:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update