आज पशुपतिनाथमा पवित्रारोहण गरिँदै

काठमाडौं - पशुपतिनाथ मन्दिरमा आज पवित्रा रोहण गरिँदै छ। श्रावण शुक्ल चतुर्दशीका अवसरमा आराध्य देव भगवान् पशुपतिनाथलाई जनै (यज्ञोपवीत) फेर्ने कर्मलाई पवित्रा रोहण भनिन्छ। पशुपति क्षेत्र विकास कोषले प्रत्येक वर्ष पशुपतिनाथलाई जनै फेराएर पवित्रा रोहण पर्व मनाउने गरेको छ ।
भगवान् पशुपतिनाथलाई आज नयाँ जनै फेरेपछि उनी गोसाइँकुण्डमा जाने विश्वास पनि रहिआएको छ । आम मानिसले श्रावण शुक्ल पूर्णिमाका दिन नयाँ जनै फेरेर रक्षा बन्धन गर्ने सनातनी परम्परा छ । तर पशुपतिनाथलाई भने त्यसको एक दिनअघि नै नयाँ जनै फेराउने गरिएको छ ।
प्रकाशित मिति: शुक्रबार, साउन २३, २०८२ ०७:४६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय