Harsamaya
सुनको मूल्य स्थिर, चाँदीको बढ्यो
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । चाँदीको मूल्य भने बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ लाख ९८ हजार ४०० रुपैयाँ कायम भएको छापावाल सुन बिहीबार पनि सोही मूल्यमा कारोबार भएको हो । 

यस्तै चाँदीको मूल्य भने १० रुपैयाँ बढेको छ । बुधबार तोलामा २ हजार ३०५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर तोलामा २ हजार ३१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, साउन २२, २०८२  ११:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update