
सिन्धुपाल्चोक – इन्द्रावती गाउँपालिका–४ स्थित श्री नवलपुर माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा पुनः शेरबहादुर तामाङ चयन भएका छन्।
समितिका जेष्ठ सदस्य राकेशराज कायस्थको अध्यक्षतामा बसेको बैठकले सर्वसम्मत निर्णय गर्दै आगामी तीन वर्षका लागि तामाङलाई अध्यक्षमा चयन गरेको हो । सदस्यहरूमा विन्दा खोखाली, राकेश कायस्थ, बोलमान लामा, राजु तामाङ र डोल्मा तामाङ चयन भएका छन्। बैठकमा समितिका सदस्य र आमन्त्रित सदस्यहरूको उपस्थिति र सहमतिमा निर्णय पारित गरिएको हो।
शिक्षा नियमावली २०७९ र शिक्षा ऐन २०२८ को संशोधन अनुसार धारा २६ बमोजिम निर्णय गरिएको हो। बैठकले अघिल्लो समितिको योगदानप्रति धन्यवाद ज्ञापन गर्दै नवगठित समितिलाई सफल कार्यकालको शुभकामना समेत दिएको छ।
शेरबहादुर तामाङ यसअघि पनि विद्यालय व्यवस्थापन समितिको नेतृत्वमा थिए।