Harsamaya
पदभार सम्हाले लगतै मन्त्री थापाले गरे यस्ता महत्वपूर्ण तीन निर्णय
बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा ।

हेटौंडा -  बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले पदभार सम्हाल्ने बित्तिकै डिजिटल रूपान्तरणतर्फ केन्द्रित तीन महत्त्वपूर्ण निर्णय गरेका छन्। मंगलबार गरिएको यी निर्णयले प्रदेशको स्वास्थ्य सेवा प्रणालीमा ‘डिजिटल क्रान्ति’ ल्याउने अपेक्षा गरिएको छ।

मन्त्री थापाले अनलाइन एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (जीआईओएमएस) प्रयोग गर्दै तीन निर्णय कार्यान्वयनमा ल्याएका हुन्, जसअन्तर्गत: विद्युतीय स्वास्थ्य आपत्कालीन प्रतिकार्य प्रणाली (ई-एचइपीआर) विकास गरिने, स्वास्थ्य मन्त्रालय र मातहतका निकायका सवारीसाधनमा जिपिएस प्रणाली जडान गरिने र प्रदेशभरका आयुर्वेद तथा वैकल्पिक चिकित्सालयहरूमा इलेक्ट्रोनिक मेडिकल रेकर्ड (इएमआर प्रणाली लागू गरिनेछ ।  

मन्त्रालयकी सचिव डा. सुमित्रा गौतमले भनिन्, ‘यी निर्णयहरूले बागमती प्रदेशको स्वास्थ्य क्षेत्रमा डिजिटल युगको ढोका खोल्नेछन्। यो केवल प्रविधिको प्रयोग होइन, सेवा प्रवाहमा परिवर्तन ल्याउने सुरुवात हो।’

पुनः स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका थापा यसअघि २०८१ साउन ९ गते पनि स्वास्थ्य मन्त्री नियुक्त भएका थिए। अबको कार्यकालमा उनले ‘डिजिटल स्वास्थ्य व्यवस्थापन’लाई प्राथमिकतामा राखेको स्पष्ट संकेत दिएका छन्।
 

प्रकाशित मिति: मंगलबार, साउन २०, २०८२  २१:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update