बागमती प्रदेशको मुख्यमन्त्रीमा इन्द्रबहादुर बानियाँ नियुक्त 
                            
                            
                                                        
                                                    
                                                            काठमाडौं - बागमती प्रदेशको मुख्यमन्त्रीमा इन्द्रबहादुर बानियाँ नियुक्त भएका छन् । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मंगलबार बानियाँलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
११० सदस्यीय प्रदेशसभामा बानियाँले कांग्रेसका ३७ र एमालेका २७ सांसदसहित ६४ सांसदको बहुमत समर्थन पाएका छन् । बानियाँ बागमती प्रदेशका छैठौं मुख्यमन्त्री हुन् ।
प्रकाशित मिति: मंगलबार, साउन २०, २०८२  १५:०९
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रिय
        
    
