Harsamaya
बागमती प्रदेशको मुख्यमन्त्रीमा इन्द्रबहादुर बानियाँ नियुक्त 
बागमती प्रदेशको मुख्यमन्त्रीमा इन्द्रबहादुर बानियाँ । तस्वीर : हर समय/Har Samaya

काठमाडौं - बागमती प्रदेशको मुख्यमन्त्रीमा इन्द्रबहादुर बानियाँ नियुक्त भएका छन् ।

प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मंगलबार बानियाँलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

११० सदस्यीय प्रदेशसभामा बानियाँले कांग्रेसका ३७ र एमालेका २७ सांसदसहित ६४ सांसदको बहुमत समर्थन पाएका छन् ।

बानियाँ बागमती प्रदेशका छैठौं मुख्यमन्त्री हुन् ।

प्रकाशित मिति: मंगलबार, साउन २०, २०८२  १५:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update