Harsamaya
 सुनको मूल्य बढ्यो
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - नेपाली बजारमा सोमबार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा छापावाल सुनको मूल्य १०० रुपैयाँ बढेर तोलामा १ लाख ९६ हजार ६०० रुपैयाँ कायम भएको हो । 

यसअघि आइतबार छापावाल सुन तोलामा १ लाख ९६ हजार ५०० रुपैयाँ थियो । 

यस्तै सोमबार चाँदीको पनि मूल्य बढेको छ । आइतबार तोलामा २ हजार २५० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार बढेर तोलामा २ हजार २५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, साउन १९, २०८२  ११:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update