सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं - नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ ।
शुक्रबार एक तोला सुनको मूल्य १ लाख ९३ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बढेर १ लाख ९६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसैगरी सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि बढेको छ ।
२ हजार २३५ रुपैयाँमा खरिदबिक्री भएको चाँदी आज तोलामा २ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, साउन १८, २०८२ ११:३४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय