Harsamaya
बागमतीका मुख्यमन्त्री लामाले आज राजीनामा दिँदै

हेटौँडा - बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आज पदबाट राजीनामा दिने भएका छन् । लामाले आज  हेटौँडा पुगेर राजीनामा दिने भएका हुन् ।

मुख्यमन्त्री लामाले प्रस्तावअनुसार आफूले १४ साउनमा नियुक्त गरेका तीन जना मन्त्रीलाई शपथ गराउनु पर्ने र लामा पक्षसँगको सहमतिमा सरकार सञ्चालन गर्नुपर्ने प्रस्ताव गरेका थिए । उक्त प्रस्तावमा सहमति भएपछि उनी राजीनामा दिन तयार भएको हुन् ।

लामाले राजीनामा दिएसँगै बागमतीको नयाँ मुख्यमन्त्री इन्द्र बानियाँ हुनेछन् ।

 

प्रकाशित मिति: आइतबार, साउन १८, २०८२  ०८:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update