Harsamaya
देशभर मनसुनी वायुको प्रभाव, कोशी, गण्डकी  र लुम्बिनी प्रदेशेमा भारी वर्षाको
जल तथा मौसम विज्ञान विभाग ।

काठमाडौं - हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तरतर्फ अवस्थित छ।देशभर साधरणतया बदली रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर साधरणतया बदली रहनेछ। गण्डकी प्रदेश र लुम्बिनी प्रदेशे लगायत देशका पहाडी भू-भागका धेरै स्थानहरूमा तथा तराई भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशेका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

आज राती भने देशभर साधरणतया बदली रहनेछ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी प्रदेशेका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

 

प्रकाशित मिति: आइतबार, साउन १८, २०८२  ०७:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update