माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

काठमाडौं - नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज दिउसो १ बजेका लागि बोलाइएको छ । शुक्रबारदेखि सुरु हुने स्थायी कमिटी बैठकका लागि बुधबार नै एजेन्डा तय गरिएको थियो । बैठकमा नेताहरूले विशेष महाधिवेशनलगायत विषयमा धारणा राख्ने सम्भावना रहेको छ ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान परिस्थितिबारे ब्रिफिङ गर्ने, पोखरामा आएर रोकिएको पहाडी जिल्ला अभियानलाई निरन्तरताबारे छलफल गर्ने, केन्द्रीय समितिको मिति तय गर्ने लगायतका विषय रहेका छन् ।
प्रकाशित मिति: शुक्रबार, साउन १६, २०८२ १०:०७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय