Harsamaya
सबै नेपालीले खुसीका साथ खीर खान पाउने वातावरण बनाउन लागौँ : प्रधानमन्त्री ओली

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपालीले खुसीका साथ हरेक साउन १५ मा खीर खाने वातावरण निर्माण गर्नुपर्ने बताएका छन् ।

बिहीबार नेकपा (एमाले) को साहित्य, कला तथा संस्कृति विभागद्वारा आयोजित स्रष्टा भेटघाट तथा खीर खाने कार्यक्रममा बोल्दै उनले हरेक नेपालीले खुसीका साथ खीर खाने वातावरण निर्माण गर्नुपर्ने बताएका हुन् ।

उनले यस वर्ष तराई मधेसमा सुख्खा लागेकोले राम्रो खेती हुन नसकेको अवस्थामा सिचाइको उचित प्रबन्ध गर्न सरकार लागिपरेको बताए ।

उनले सुनकोसी मरिन डाइभर्सन, रानी जमरा कुलरिया, तमोरलगायत आयोजना छिटो सक्न पनि निर्देशन दिएको बताए । प्रधानमन्त्री ओलीले सबै नेपालीले हरेक साउन १५ मा खुसीका साथ खीर खाने वातावरण निर्माणमा लाग्न आग्रह गरे ।  

प्रकाशित मिति: बिहीबार, साउन १५, २०८२  १८:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update