Harsamaya

काठमाडौं - नागरिक उन्मुक्ति पार्टीले संरक्षक रेशम लाल चौधरीका बुबा लालवीरलाई अध्यक्ष चयन गरेको छ । बिहीबार रञ्जिता श्रेष्ठ विरोधी पक्षको राष्ट्रिय भेलाले लालवीरलाई अध्यक्ष बनाएको हो । हिजो बुधबार पार्टीले रञ्जितालाई साधारण सदस्यसमेत नरहने गरी पार्टी अध्यक्षबाट हटाएको थियो ।

अध्यक्ष चयनपछि रेशम लाल चौधरीले पार्टी कमिटीको सुझाव सल्लाहको आधारमा पार्टीको ज्येष्ठ केन्द्रीय सदस्यलाई अध्यक्ष चयन गरेको बताए ।

उनले भने, ‘विधिसम्मत रूपमा नयाँ नेतृत्व चयन गर्नुपर्छ । केन्द्रीय सदस्यहरूले भनेपछि हामीले पत्र चार गरेका थियौ । २४ घण्टाको समय दिएका थियौँ । उहाँले हामीलाई कुनै पनि जानकारी नगराईकन समय कटाउनु भयो, बहुमतले पार्टीको ज्येष्ठ केन्द्रीय सदस्यलाई अध्यक्ष चयन गर्‍यौँ ।’ 

प्रकाशित मिति: बिहीबार, साउन १५, २०८२  १८:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update