बागमती संसदीय दलको चुनावमा दलका नेता बानियाँलाई हालेको मत बदर
                            
                            
                                                        
                                                    
                                                            काठमाडौं - नेपाली कांग्रेस बागमती प्रदेशको संसदीय दलको निर्वाचनमा बदर भएको मत दलको नेतामा निर्वाचित इन्द्र बहादुर बानियाँलाई दिएको मत भएको खुलेको छ ।
बाँनियालाई दिएको मतमा कोठामा स्वस्तिक लगाउनु पर्नेमा नाममा लगाएकाले मत बदर भएको निर्वाचन समितिका संयोजक तथा कांग्रेस बागमती प्रदेशका सह-महामन्त्री हरिशरण श्रेष्ठले जानकारी दिए ।
बानियाँको पक्षमा २३ मत खसेकामा एक मत बदर भएको हो । मुख्यमन्त्री बहादुर सिंह लामाले दलको नेताको हैसियत गुमाएसँगै आज मतदान भएको थियो ।
बुधबार हेटौंडामा भएको निर्वाचनमा कुल ३७ मत खसेकोमा बानियाँले २२ र उनका प्रतिस्पर्धी लामाले १४ मत प्राप्त गरे ।
प्रकाशित मिति: बुधबार, साउन १४, २०८२  १७:०६
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रिय
        
    
