राष्ट्रियसभा बैठकमा पेस भएका दुई प्रस्ताव पारित
-1739183540.png)
काठमाडौं - राष्ट्रियसभा बैठकमा पेस भएका दुई प्रस्ताव पारित भएको छ ।
बुधबारको बैठकमा पेस भएका अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतीसम्बन्धी प्रतिवेदन र चलचित्र विधेयक २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव पारित गरेको हो ।
प्रतिवेदनमाथि छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिएका थिए । त्यसपछि अध्यक्ष नारायणप्रसाद दाहालले प्रतिवेदनमा समेटिएका विषय प्राथमिकताका आधारमा कार्यान्वयन गर्दै जान सरकारलाई निर्देशन दिए ।
राष्ट्रियसभा बैठक साउन २३ गते सम्मका लागि स्थगित भएको छ ।
प्रकाशित मिति: बुधबार, साउन १४, २०८२ १६:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय