Harsamaya
कांग्रेस संसदीय दलको नेता चयनका लागि बुधबार मतदान हुने, यस्तो छ कार्यतालिका 
मुख्यमन्त्री बहादुर सिंह, केन्द्रीय प्रतिनिधि राजन केसी र कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बहादुर बाँनिया ।

मकवानपुर - नेपाली कांग्रेस बागमती प्रदेशसभाको संसदीय दलको नेता चयनका लागि बुधबार मतदान हुने भएको छ ।  मंगलबार सार्वजनिक निर्वाचन कार्यक्रम अनुसार संसदीय दलको नेता चयन प्रक्रियाका लागि साउन १४ गते बुधबार मतदान हुने कार्य तालिका तय भएको हो ।

निर्वाचन समितिका संयोजक हरिशरण श्रेष्ठका अनुसार निर्वाचन कार्यक्रम अन्तर्गत साउन १४ गते बिहान ८ बजे मतदाता नामावली प्रकाशित हुनेछ भने नामावलीमा दाबी विरोध साउन १४ गते बिहान ८:३० देखि ९ बजेभित्र गर्ने तय भएको छ ।

उम्मेदवारका लागि दरखास्त दर्ता कार्यक्रम साउन १४ गते बिहान १० बजेदेखि ११ बजेभित्र सञ्चालन हुने उनले बताए । उम्मेदवारहरूको प्रारम्भिक नामावली स ११:३० बजे प्रकाशित गरिनेछ भने उम्मेदवारको नाम फिर्ता दिने समय दिउँसो १२ बजेसम्म तोकिएको छ । दिउँसो १ बजे अन्तिम उम्मेदवारको नामावली प्रकाशन गरिने छ भने मतदान सोही दिन दिउँसो २ बजेदेखि ३ बजेसम्म हुनेछ ।

संसदीय दलको नेताको निर्वाचन प्रक्रियाको मतदानका कार्य कांग्रेस बागमती प्रदेश संसदीय दलको कार्यालय, हेटौँडामा हुनेछ भने मतदानका लागि प्रदेशसभा सचिवालयबाट जारी गरिएको परिचय पत्र अनिवार्य गरिएको छ । मतदान सम्पन्न भए लगत्तै मतगणना सुरु गरिने र सोही दिन निर्वाचन परिणाम घोषणा गरिने जनाइएको छ । निर्वाचन समितिको सदस्यहरूमा ऋषिराम घिमिरे र जीवन ढुङ्गेल रहेका छन् ।

congress-1753805807.jpeg

प्रकाशित मिति: मंगलबार, साउन १३, २०८२  २२:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update