बागमती प्रदेशका खानेपानीमन्त्री खड्काले दिए राजीनामा (भिडियोसहित)
                            
                            
                                                        
                        काठमाडौं - बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिंचाई मन्त्री श्याम बहादुर खड्काले राजीनामा दिएका छन् । उनले मुख्यमन्त्री बहादुरसिंह लामालाई भेटेर राजीनामा दिएका हुन् ।
‘विविध कारणले आफ्नो जिम्मेवारी निरन्तर बहन गर्नसक्ने अवस्था नरहेकोले आजकै मितिदेखि बागमती प्रदेश सरकारको खानेपानी, उर्जा तथा सिँचाइ मन्त्रालयको मन्त्री पदबाट राजीनामा दिएको छु’, खड्काले राजीनामा पत्रमा उल्लेख गरेका छन् ।
नेपाली कांग्रेस बागमती प्रदेशको संसदीय दल बैठकलाई लिएर सत्ता समीकरण नयाँ मोडमा पुगेको छ । खड्का खुलेर मुख्यमन्त्री बहादुरसिंह लामा विरुद्ध जाने भएका छन् ।

प्रकाशित मिति: मंगलबार, साउन १३, २०८२  ११:४३
                                            
                                    
                        प्रतिक्रिया दिनुहोस्
                    
                
                                    थप राजनीति
                                
                            
            साताको लोकप्रिय
        
    
