सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुन एक लाख ९३ हजार ६ सयमा कारोबार भइरहेको छ ।
आइतबार सुन सोही मूल्यमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य भने पाँच रुपैयाँले बढेको छ । चाँदी आज दुई हजार दुई सय ९५ मा कारोबार भइरहेको छ । आइतबार चाँदी दुई हजार दुई सय ९० रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: सोमबार, साउन १२, २०८२ ११:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय