Harsamaya
कुलमान घिसिङलाई ग्लोवल हिरो अवार्ड

काठमाडौं - नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङलाई ग्लोवल हिरो अवार्डबाट सम्मान गरिएको छ ।

उनलाई अमेरिकाको न्यु योर्कस्थित हामी नेपाली ग्लोवल संस्थाले उक्त अवार्डबाट सम्मान गरेको हो । घिसिङ गत शुक्रबार देखि अमेरिका, बेलायत र युरोप लगायत मुलुकहरूको भ्रमणमा रहेका छन् । त्यहाँ रहेका नेपाली संघ संस्थाहरुले गरेका विभिन्न कार्यक्रम तथा अन्तरक्रिया कार्यक्रमहरूमा सहभागी हुन उनी ती मुलुकहरूको भ्रमणमा गएका हुन् ।

उनको यो भ्रमण आगामी एक महिना सम्म चल्ने छ ।

प्रकाशित मिति: सोमबार, साउन १२, २०८२  १०:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update