Harsamaya
रासायनिक मल आपूर्ति सुनिश्चित गर्न वाइसीएल नवलपुरले बुझायो सिडियोलाई ज्ञापन पत्र 
नवलपुरका सिडियो प्नकाश पौडेल र वाइसीएल इन्चार्ज नारायण पौडेललगायत ।

नवलपुर - योङ कम्युनिष्ट लिग, नेपाल (वाइसीएल) ले रासायनिक मलको आपूर्ति सहज बनाउन भन्दै प्रमुख जिल्ला अधिकारी (सिडियो) लाई ज्ञापन पत्र बुझाएको छ । 

वाइसीएल नेपाल नवलपुरले नवलपुरका सिडियोलाई भेटी मल आपूर्ति सुनिश्चित गर्न ज्ञापन पत्र बुझाएको हो । आइतबार नवलपुरका वाइसीएल इन्चार्ज नारायण  पौडेलको नेतृत्वमा ज्ञापन पत्र बुझाउँदै वाइसीएलले मध्य वर्षायाममा समेत रासायनिक मलको चरम अभावका कारण किसानहरू खेती गर्नबाट वञ्चित भएको जनाएको छ । 

‘देशभरिका कृषकहरू अहिले गम्भीर समस्याको सामना गरिरहेका छन् । मध्य वर्षायाम सुरु भइसक्दा समेत रासायनिक मलको चरम अभावका कारण किसानहरू खेती गर्नबाट बञ्चित छन् । सरकारले दिएको पटक-पटकको आश्वासनपछि पनि मल आपूर्ति सहज र सरल भएको छैन । यो अवस्था योजनाबद्ध रुपमा सिर्जना गरिएको छ, जसले कृषकहरुलाई प्रत्यक्ष प्रभावित पारेको छ ।
वाइसिएल नेपाल यो गम्भीर समस्याप्रति गहिरो चिन्ता व्यक्त गर्दछ’, ज्ञापन पत्रमा भनिएको छ । 

किसानहरूले मल नपाएर खेत बाँझो राख्नुपर्ने अवस्था सिर्जना भएकोमा वाइसीएलले दुख व्यक्त गरेको छ । 

सरकारले समयमा मल आपूर्ति गर्न नसक्ने, पहुँचको आधारमा असमान वितरण गर्ने, भित्र-भित्रै कमिसनको चक्करमा दलाल तथा विचौलियाहरु मार्फत कालाबजारी गर्ने जस्ता गम्भीर प्रकृतिको समस्याले लाखौं किसानहरु आक्रान्त भएको वाइसीएल नवलपुरको ठहर छ । 

‘यस्ता कार्यप्रति वाइसीएल नेपाल घोर भत्सर्ना तथा निन्दा गर्दछ र यस्तो कार्य अबिलम्ब रोकी रासायनिक मल आपूर्ति गर्न र वितरण प्रणाली न्यायोचित गर्न जोडदार माग गर्दछ’, ज्ञापन पत्रमा उल्लेख छ । 

कृषि प्रधान देशको कृषि बालीलाई अत्यावश्यक पर्ने रासायनिक मलको अभाव विगत लामो समयदेखि आएको र सधैं रहने समस्यावाट दीर्घकालीन समाधान खोज्न पनि सरकार समक्ष वाइसीएलले ध्यानाकर्षण गराएको छ । 

तुरुन्तै देशभर मल आपूर्ति सुनिश्चित गरिएन भने वाइसीएल नेपालले आफ्नो अभियानलाई देशव्यापी बनाउने सरकारलाई चेतावनी दिएको छ । 

ycl--1753622154.jpg

प्रकाशित मिति: आइतबार, साउन ११, २०८२  १९:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update