Harsamaya
तोलामा एक हजार एक सय रुपैयाँले घट्यो सुन
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य एक हजार एक सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा एक हजार एक सय रुपैयाँले घटेर एक लाख ९३ हजार ६ सयमा कारोबार भइरहेको छ ।

यसअघि गत हप्ताको शुक्रबार सुन तोलाको एक लाख ९४ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । तोलामा ५० रुपैयाँले घटेर चाँदी दुई हजार दुई सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
 

प्रकाशित मिति: आइतबार, साउन ११, २०८२  ११:११
प्रतिक्रिया दिनुहोस्
Weather Update