संविधान सभा सदस्य राजकुमार श्रेष्ठ पुन: माओवादीमा सक्रिय हुने

काठमाडौं - नेकपा माओवादी केन्द्रका नेता संविधान सभा सदस्य राजकुमार श्रेष्ठ ‘अजित’पार्टीको केन्द्रीय सदस्यमा मनोनीत भएका छन् ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रेष्ठलाई केन्द्रीय सदस्यमा मनोनीत गरेका हुन् । उनी नेकपा विभाजन सँगै सक्रिय राजनीतिमा थिएनन् ।
उनी २०६४ सालको संविधानसधा सदस्यमा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए । उनले नेपाली काँग्रेसका मोहन बहादुर बस्नेतलाई पराजित गर्दै संविधानसभा सदस्यमा चुनिएका थिए ।
प्रकाशित मिति: आइतबार, साउन ११, २०८२ १०:०३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय