Harsamaya
प्रदेशको पुनर्संरचनामा आवश्यक छ : मुख्यमन्त्री कँडेल
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल ।

सुर्खेत - कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले औचित्य र आवश्यकताका आधारमा प्रदेशका मन्त्रालय तथा निकायहरूको पुनर्संरचना आवश्यक रहेको बताएका छन् । प्रदेश संरचनाबारे नागरिक स्तरमा समेत नकारात्मक टीकाटिप्पणी उठ्न थालेको बताउँदै उनले प्रदेश संरचनाको औचित्य साबित गर्न पनि प्रदेश अन्तर्गतका मन्त्रालय तथा निकायहरूको वैज्ञानिक पुनर्संरचना आवश्यता रहेको धारणा राखेका हुन ।

कर्णाली प्रदेश सरकारले गठन गरेको  मन्त्रालय तथा कार्यालयको पुनर्संरचनाको प्रतिवेदनलाई लिएर प्रदेशमा कार्यरत आयुर्वेद स्वास्थ्य चिकित्सकले आफ्ना सरोकारका विषयहरू राख्दा  मुख्यमन्त्री कँडेलले समितिको सुझाव प्रतिवेदन हाल अध्ययन भइरहेको र यसका राम्रा पक्षलाई क्रमशः कार्यान्वयन गर्दै लैजानुपर्ने बताए ।

आयुर्वेद चिकित्सकहरूसँगको छलफलमा मुख्यमन्त्री कँडेलले प्रशासनिक पुनर्संरचना हुँदा हाल कार्यरत कर्मचारीको वृत्ति विकासमा बाधा पर्न नदिइने विषयमा सरकार सचेत रहेको जानकारी दिए । प्रदेश सरकारलाई बुझाएको प्रतिवेदनलाई लिएर प्रदेशका कर्मचारीहरू भयवित नहुन पनि मुख्यमन्त्री कँडेलले सुझाव दिए । ‘कर्णालीमा सेवा गर्न आउनु भएको छ, उनले भने, ‘तपाईँहरूको वृत्ति विकासमा कुनै पनि बाधा हुने काम सरकारले गर्दैन ।’

मुख्यमन्त्री कँडेलले समितिले सरकारलाई बुझाएको प्रतिवेदन हुबहु नभई त्यसका राम्रा र सकारात्मक पक्षलाई क्रमशः कार्यान्वयनमा लैजाने गरी सरकारले छलफल चलाउने जानकारी पनि दिए । उनले समयको माग र आवश्यकतालाई दृष्टिगत गरी ढिलो चाँडो संरचनाहरू पुनर्संरचना गर्ने पर्ने भएकोले त्यसतर्फ सबैको सहयोगको आवश्यकता जरुरी रहेको बताए ।

प्रकाशित मिति: आइतबार, साउन ११, २०८२  ०९:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update