‘मुख्यमन्त्री लामामाथि अविश्वास पैदा भएकाले अविश्वासको प्रस्ताव दर्ता’

काठमाडौं - नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बहादुर बानियाँले प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामामाथि अविश्वास पैदा भएकाले अविश्वासको प्रस्ताव दर्ता गरेको बताएका छन् ।
शुक्रबार हेटौँडास्थित प्रदेश संसदीय दलको कार्यालयमा पुगेर अविश्वासको प्रस्ताव दर्ता गरेपछि बानियाँले यस्तो बताएका हुन् । बानियासहित २१ जना सांसदले मुख्यमन्त्री सिंहविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको उनको दाबी छ ।
‘नेतृत्वले प्रभावकारी ढङ्गले काम गर्न नसकेको संसदीय दलका अधिकांश साथीहरूको ठहर भयो । विश्वासमाथि अविश्वास पैदा भएकाले दर्ता गर्नुपरेको हो’, उनले भने ।
प्रकाशित मिति: शुक्रबार, साउन ९, २०८२ १७:१९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय