Harsamaya
गफाडी चौर’को नाम अब ‘बिपी चोक’
बीपी कोइराला।

मुगु - मुगुको छायाँनाथ रारा नगरपालिकाले बिपी जयन्तीका दिन बिपी चोकको नामकरण तोकेको छ । बीपी कोइरालाको ४३ औँ स्मृति दिवसका अवसरमा मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै मुगुको सदरमुकाममा रहेको ‘गफाडी चौर’का रुपमा परिचित बिपी चोक नामाकरण गरिएको हो ।

नगरपालिकाको केन्द्र तथा जिल्ला सदरमुकाम गमगढी बजारको डिभिजन वन कार्यालय पछाडीको भाग, कृषि विकास कार्यालय मुगुमा जाने मुल बाटोको भाग र पुरानो जिल्ला शिक्षा कार्यालय जाने अगाडीको भागको खुल्ला स्थानलाई बिपी चोक नामाकरण गरिएको हो ।

छायाँनाथ रारा नगरपालिका प्रमुख बिष्णुकुमार भामले महामानव बिपी कोइरालाको सम्मानमा बिपी जयन्तीकै अवसर पारी गमगढी बजारमा बिपी चोक नामाकरण गरिएको बताए ।

उनका अनुसार गत असार २९ गते बसको १७ औँ नगरसभाले गरेको निर्णय अनुसार नगरपालिकाको व्यवस्थापनमा बिपी चोक नामाकरण गरी कार्यान्वयन गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन ६, २०८२  १९:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update