सुन तोलामा १८ सयले बढ्यो

काठमाडौं - आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ हजार ८०० ले बढेको हो । सुन आज तोलाको १ लाख ९५ हजार ५०० मा कारोबार भइरहेको छ ।
सोमबार सुन तोलाको १ लाख ९३ हजार ७ सयमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि ३५ रुपैयाले बढेर २ हजार ३२० मा कारोबार भएको छ । सोमबार चाँदी प्रतितोला २ हजार २ सय ८५ मा कारोबार भएको महासंघले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, साउन ६, २०८२ ११:०८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय