Harsamaya
आज तीन वटा समितिको बैठक बस्दै 
प्रतिनिधिसभा अन्तरगत आज तीन समितिको बैठक बस्दैछ । 

काठमाडौं - प्रतिनिधिसभा अन्तरगत आज तीन समितिको बैठक बस्दैछ । 

मंगलबार कानुन, न्याय तथा मानव अधिकार, महिला तथा सामाजिक मामिला र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्न लागिएको हो । 

आज दिनको १ बजे बस्न लागेको कानुन समितिमा ‘विश्वव्यापी आवधिक समीक्षा सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगसँग’ छलफल गर्ने कार्यसूची रहेको छ । 

यस्तै, महिला तथा सामाजिक मामिला समितिमा ‘वैदेशिक रोजगारीमा रहेका महिला कामदारको विद्यमान अवस्थाका सम्बन्धमा’ छलफल गर्ने कार्यसूची रहेको छ भने बैठक बिहान ११:३० बजे बस्दैँ छ । 

साथै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ‘मिडिया काउन्सिल विधेयक माथि संशोधनकर्तासँग छलफल’ गर्ने कार्यसूची रहेको छ । बैठक दिनको ३ बजे समितिको बैठक कक्षमा बस्दैँ छ ।
 

प्रकाशित मिति: मंगलबार, साउन ६, २०८२  ०८:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update