
काठमाडौं - काठमाडौं महानगरपालिकाले कक्षा ११ र १२ को छात्रवृत्ति परीक्षाको नतिजा सार्वजनिक गरेको छ। महानगरपालिकाले यस वर्ष प्रदान गर्न लागेको छात्रवृत्तिको लागि शनिबार प्रवेश परीक्षा सञ्चालन गरेको थियो। नतिजा केही बेरअघि महानगरपालिकाले प्रकाशन गरेको हो।
महानगरको शिक्षा विभागका अनुसार, देशभरका ७७ जिल्लाबाट प्राप्त १७,२२९ आवेदनमध्ये १६,१३७ विद्यार्थी छनोट भएका थिए। तीमध्ये १४,१७३ विद्यार्थीले परीक्षामा सहभागिता जनाएका थिए । परीक्षाको उत्तर पुस्तिका ओएमआर (अप्टिकल मार्क रिडर) प्रणालीमार्फत जाँच गरिएको महानगरपालिकाले जनाएको छ। विद्यार्थीले प्राप्त पासपोर्ड र विवरणबाट लगइन गरेर नतिजा हेर्न सक्नेछन्। परीक्षा ५४ वटा परीक्षा केन्द्रहरूमा सञ्चालन भएको थियो।
परीक्षा कक्षा १० को पाठ्यक्रममा आधारित थियो, जसमा गणित, विज्ञान र अङ्ग्रेजी विषयबाट ३०–३० प्रश्न र सामान्य ज्ञानबाट १० प्रश्न गरी कुल १०० बहु वैकल्पिक प्रश्नहरू सोधिएका थिए।