Harsamaya
राप्रपाले पदमुक्त गरेपछि मुकुन्दश्याम गिरी आज निर्वाचन आयोग जाँदै
उपाध्यक्ष मुकुन्दश्याम गिरी ।

काठमाडौं  - राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीका उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई पदमुक्त गरेपछि उनी आज निर्वाचन आयोगमा जाँदै छन् ।

कारबाहीविरुद्ध उजुरी दिन आइतबार बिहान ११ बजे निर्वाचन आयोग जान लागेका हुन्। लिङ्देनले उनलाई उपाध्यक्ष र केन्द्रीय सदस्यको जिम्मेवारीबाट अलग गरेका थिए ।

यसअघि लिङ्देनले असार २५ गते अनुशासन समितिको अध्यक्षबाट नवराज सुवेदी र प्रवक्ताबाट सगुनसुन्दर लावतीलाई पनि पदमुक्त गरेका थिए।

प्रकाशित मिति: आइतबार, साउन ४, २०८२  ०९:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update