Harsamaya
भगवती न्यौपाने बनिन् संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री 
नवनियुक्त मन्त्री भगवती न्यौपाने ।

काठमाडौं - नेकपा (एमाले)की राष्ट्रियसभा सदस्य भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा नियुक्त भएकी छन् ।

मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले म न्यौपानेलाई मन्त्री पदमा नियुक्त गरेका हुन् ।

न्यौपाने राष्ट्रियसभामा एमाले संसदीय दलको प्रमुख सचेतकको भूमिकामा छिन् ।

घुस डिल अडियो प्रकरणमा मुछिएका राजकुमार गुप्ताले मंगलबार नै पदबाट राजीनामा दिएका थिए ।

उनले अनुसन्धानलाई सघाउन आफूले राजीनामा दिएको बताउँदै खाँदै नखाएको विष आफूलाई लागेको दाबी गर्दै आएका छन् । 
 

प्रकाशित मिति: मंगलबार, असार ३१, २०८२  १८:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update