Harsamaya
के छ आज सुनचाँदीको भाउ ? 
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य स्थिर छ । चाँदीको भाउ भने रु ४० ले घटेको छ । 

सोमबार प्रतितोला एक लाख ९३ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुन मंगलबार पनि सोही मूल्य कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

आज चाँदीको भाउ भने घटेको छ । चाँदी प्रतितोला दुई हजार दुई सय ७५ रुपैयाँ कायम भएको छ ।चाँदी सोमबार प्रतितोला दुई हजार तीन सय १५ रुपैयाँमा कारोबार भएको थियो ।
 

प्रकाशित मिति: मंगलबार, असार ३१, २०८२  १२:०७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update