Harsamaya
सुनचाँदीको मूल्य बढ्यो
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार (आज) छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको हो । 

आइतबार १ लाख ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार प्रति तोलामा १ लाख ९३ हजार ३०० रुपैयाँ कायम भएको छ । 

यसैगरी चाँदीको मूल्य पनि बढेको छ । आइतबार तोलामा २ हजार २८५ रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार बढेर तोलामा २ हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको छ ।
 

प्रकाशित मिति: सोमबार, असार ३०, २०८२  १०:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update