विद्यालय बनाउने मजदुरहरूलाई सम्मान

नुवाकोट - सहिद भरत ढुंगाना स्मृति आधारभूत विद्यालयले मजदुरहरूलाई सम्मान गरेको छ । विदुर नगरपालिका वडा नम्बर १२ स्थित सहिद भरत ढुंगाना स्मृति आधारभूत विद्यालयले आफ्नो विद्यालयको आठकोठे भवन निर्माण कार्यमा संलग्न मजदुरहरूलाई सम्मान गरेको हो ।
राज कन्स्ट्रक्सन नुवाकोटका प्रोप्राइटर राजभण्डारी सहजकर्ता गणेश गिरीले उत्कृष्ट मिस्त्री तथा लेबरहरूलाई सम्मान गरेको बताए ।
मजदुरहरूलाई सम्मान गरिएको सायद यो पहिलो कार्यक्रम हुन सक्छ। गत आर्थिक वर्षमा अर्थमन्त्री वर्षमान पुनको कार्यकालमा सगन सहरी कार्यालय धादिङमार्फत विनियोजन गरेको १ करोड लागतमा ८ कोठे भवनको स्ट्रक्चर मात्र निर्माण भएको हो।
उक्त भवन सम्पन्न गर्न थप एक करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ।
प्रकाशित मिति: आइतबार, असार २९, २०८२ २२:१८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय