Harsamaya
दमकमा सडक उद्घाटनपछि ओलीले भने ‘अब विशाल रंगशाला निर्माण गरिनेछ’
प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिकास्थित मदनडाँगी (ताराबारी) डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गर्दै ।

झापा - प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिकास्थित मदनडाँगी (ताराबारी) डिपु सडक स्तरोन्नति आयोजनाको आइतबार उद्घाटन गरेका छन्  ।

विश्व बैंकको सहयोगमा नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको सडक नेपालभरका १७ सडकमध्ये एक हो ।  ४४ करोड २४ लाख लागतमा निर्मित ४.८६ किमी सो सडक समयमै सम्पन्न भएको नमुना आयोजना मानिन्छ ।

त्यस्तै उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले देशभर विकास निर्माणका लहर ल्याउने क्रममा यो सडक पनि रहेको जनाउँदै मेची–महाकालीसम्म थालेका काम सक्ने अभियानमा सरकार रहेकोे बताएका छन्  । उनले  दमकको बेलडाँगीमा विशाल रंगशाला निर्माण हुने घोषणा पनि गरे । 

उनले हरेक क्षेत्रमा सुधार ल्याउने योजना बमोजिम स्वयंसेवी भावनाका साथ महत्त्वपूर्ण विषयमा निशुल्क अनलाइन कक्षा संचालन गरेपछि यस वर्ष एसईईमा नतिजा १३ प्रतिशतले सुधार आएको बताए ।  

आफ्नो स्पेन भ्रमण सफल भएको पक्षलाई ओझेल पार्ने गरी केही विरोधी र अराजक तत्वले अरु कुरा नपाएर स्पेनमा मान्छे छाडेर आयो भनेर झूट र घटिया प्रचार गरेको भन्दै उनले यस्ता कुराहरूको जबाफ दिन आवश्यक नभएको टिप्पणी गरेका थिए ।  

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, पूर्व म्यान्जोहरू शेरधन राई, उद्वव थापालगायत सहभागी भएका थिए  ।

प्रकाशित मिति: आइतबार, असार २९, २०८२  १३:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update